अमेरिका । अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री मोदीले उपराष्ट्रपति हैरिससँग भारत र अमेरिका स्वभाविक सहयोगी रहेको बताउनुभएको बिबिसीले उल्लेख गरेको छ ।
उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच पहिलो पटक भेटवार्ता भएको हो । भेटमा भारतीय प्रधानमन्त्री मोदीले कमला हैरिसलाई भारत भ्रमणको निम्तो दिएको बिबिसिले उल्लेख गरेको छ ।
प्रतिक्रिया