नेकपा (एस)का अध्यक्ष नेपाल अस्पताल भर्ना

नेकपा (एस)का अध्यक्ष नेपाल अस्पताल भर्ना



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्

ज्वरो र खोकीको समस्याका कारण अध्यक्ष नेपाल बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको गौतमले बताए । उनको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न छ ।

मतदान गर्न

बाँकी