‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक

‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक



काठमाडौं । निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ । आगामी असोज २६ गते फूलपातीमा रिलिज हुने फिल्मको यो गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर रहेको छ ।

नवराज गिरीको शब्द रहेको गीतमा एलिस कार्कीको संगीत र एरेञ्ज छ । गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ ।

नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

भिडियो