बाढीपहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा हुन्छः प्रधानमन्त्री देउवा

बाढीपहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा हुन्छः प्रधानमन्त्री देउवा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसमी बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बाढीपहिरो पीडितलाई सरकारले तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्ने देउवाले बताएका छन् ।

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले सो कुरा बताएका हुन् ।

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेलाई लिएर बिहीबार सुदूरपश्चिम पुगेका देउवा आज शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ । पछिल्लो एक साताको बाढीपहिरोका कारण एक सय भन्दा बढीको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ । किसानले भित्र्याउन लागेको धान पनि वर्षाले नष्ट गरिदिएको छ ।