बलिउड नायिका सारालाई लाग्थ्यो उनका बाबुआमा ‘सारै खराब मान्छे’ हुन् !

बलिउड नायिका सारालाई लाग्थ्यो उनका बाबुआमा ‘सारै खराब मान्छे’ हुन् !



बलिउड अभिनेत्री सारा अलि खानले हालै एउटा अन्तर्वार्तामा बालापनमा आफूले आफ्ना बाबुआमा सैफअलि खान र अमृता सिंह खराब मान्छे भएको ठान्ने गरेको बताएकी छन् ।

उनले आफूले ‘ओमकारा’ फिल्ममा बाबु सैफ र ‘कलयुग’ मा आमा अमृताले निर्वाह गरेको चरित्र देखेपछि उनीहरू सारै खराब मान्छे भएको निक्र्याैल गरेको बताएकी हुन् ।

त्यतिबेला उनलाई लाग्थ्यो, ‘बाबु सैफ खराब भाषा बोल्छन् अनि आमा अमृता पोर्न साइट चलाउछिन् ।’

साराले भनेकी छिन्,‘मलाई याद छ, सन् २००५ मा ‘कलयुग’ र सन् २००६ मा ‘ओमकारा’ हेरेपछि मलाई निकै तनाव भएको थियो । मलाई लाग्यो, मेरो बाबा–मम्मी बहुत खराब मान्छे हुन् । त्यतिबेला म सानै थिए । जब उहाँहरूले एउटै वर्ष बेस्ट नेगेटिभ रोलको अवार्ड पाउनु भयो, यो के हो ? भनेर म चकित परें ।’

‘ओमकारा’ मा सैफले ईश्वर लंगडा त्यागीको भूमिका निर्वाह गरेका थिए । एक्सन थ्रिलर ‘कलयुग’ मा अमृताका साथमा इमरान हास्मी, स्माइली सुरी र आशुतोष राणा मुख्य भूमिकामा थिए । साराका बाबु आमा सन् २००४ मा छुट्टिएका थिए । डिर्भाेसपछि सारा र इब्राहम अमृताका साथमा बसेका थिए ।
सन् २०१८ मा निर्माण भएको ‘केदारनाथ’ फिल्मबाट डेब्यु गरेकी साराले त्यो फिल्मबाट तारिफ पाएकी थिइन् । त्यो फिल्ममा उनको जोडी सुशान्त सिंह राजपुत थिए । त्यसपछि उनले रोहित सेठ्ठीको ‘सिम्वा’ फिल्ममा अभिनय गरेकी थिइन् ।

अब उनी अक्षय कुमार र धनुषका साथमा ‘अतरंगी रे’ फिल्ममा देखिँदैछिन् ।