‘द भ्वाइस किड्स’ लाई मज्जाको प्रतिक्रिया, आजबाट प्रशारणमा

‘द भ्वाइस किड्स’ लाई मज्जाको प्रतिक्रिया, आजबाट प्रशारणमा



‘द भ्वाइस किड्स’ आज शुक्रबारबाट हिमालय टीभीमा प्रसारण हुने भएको छ । ६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुले सहभागिता रहेको कार्यक्रमको ‘ब्लाइण्ड अडिसन’ आजबाट प्रसारण हुनेछ ।

‘द भ्वाइस किड्स’ को बिहीबार बेलुका प्रिमियर गरिएको छ । शुक्रबार बेलुका ८ बजेबाट प्रसारण हुने कार्यक्रम पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बिहीबार नै देखाइएको हो । ‘द भ्वाइस किड्स’ को प्रिमियर हेर्नेले उत्कृष्ट प्रतिक्रिया दिए ।

राम्रो प्रतिक्रिया पाएपछि आफूहरु उत्साहित भएको निर्देशक लक्ष्मण पौडेलले बताए । शोका निर्माता तथा सञ्चालक सुशील नेपालले बालबालिकाहरुसँग जोडिएको यो शोको छायांकनका क्रममा आफू कैयौं पटक रोएको सुनाए । हिमालय टीभीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुने यो शोमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कोचको रुपमा छन् ।