कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम जोखिमपूर्ण

कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम जोखिमपूर्ण



कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित ५० देखि ७० प्रतिशतलाई अस्पतालमा उपचारको आवश्यकता कम पर्ने पछिल्लो अध्ययन विश्लेषणले पुष्टि गरेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको बारेमा अहिले नै सबैकुरा भन्न नसकिने भए पनि अस्पतालमा उपचारको आवश्यकता पर्ने गरी गम्भीर विरामी बनाउने दर निकै कम भएको कुराले उत्साहित बनाएको जनाएको छ ।

तर पछिल्लो समय ओमिक्रोन संक्रमण फेला परेयता युरोपेली र अमेरिकी मुलुकमा संक्रमित हुनेको संख्या अत्यधिक रुपमा बढेको छ । अध्ययनले कोरोना विरुद्धको बुस्टर खोप लगाएको १० हप्तापछि देखि मात्रै खोपले संक्रमित हुनबाट रोक्ने देखाएको छ । खोपले गम्भीर रोग बिरूद्ध बलियो सुरक्षा प्रदान गर्ने सम्भावना रहेको जनाइएको छ । दक्षिण अफ्रिका, डेनमार्क, इङ्ल्याण्ड र स्कटल्याण्डको तथ्यांकका आधारमा विश्लेषण गरिएको हो ।