पूर्वमुख्यसचिव अर्यालको कोलकात्तामा अपहरण !

पूर्वमुख्यसचिव अर्यालको कोलकात्तामा अपहरण !


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल अपहरणमा परेका छन् । उनलाई एक अज्ञात समूहले बुधबार भारतको कोलकात्तास्थित एक घरबाट गाडीमा हालेर लगेका छन् ।

जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत अर्याल अपहरणमा परेको जानकारी दिएका हुन् ।

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिजो दिउँसो कलकत्ताको एउटा घरबाट अज्ञात ब्यक्तिहरुको समूहले गाडीमा हाली लगेका छन्,’ उनले लेखेका छन् ।

मलेसियामा श्रमिक पठाउँदा भएको घोटालामा अर्याल पनि मुछिएका छन् । उनको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । एक साताअघि नै अर्याल भारतमा पक्राउ परेको खबर सार्वजनिक भएको थियो । 

आफ्नो छोराको उच्च अध्ययनको व्यवस्थापन गर्न अर्याल भारत पुगेका थिए । उनलाई किन र कसले अपहरण गरेको भन्ने खुलेको छैन ।