नेपाली विद्यार्थी रिया मानन्धर भइन् एसीसीएको परीक्षामा वर्ल्ड टपर

नेपाली विद्यार्थी रिया मानन्धर भइन् एसीसीएको परीक्षामा वर्ल्ड टपर



काठमाडौं । कीर्तिपुरकी २० वर्षीया रिया मानन्धर एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) को परीक्षामा विश्वकै सर्वोत्कृष्ट विद्यार्थी भएकी छिन् । गत डिसेम्बरमा भएको कर प्रणालीको परीक्षामा विश्वका १३ हजार विद्यार्थीले दिएको परीक्षामा ब्रिटिश प्रोफेसनल कलेजमा अध्ययनरत रिया सर्वोत्कृष्ट बनेकी हुन् । उनले दुई सय पाउण्ड बेलायती पाउन्ड स्ट्रलिङ समेत जितेकी छन् ।

विश्वव्यापी संयन्त्र भएको एसीसीएमा दुई लाख ३३ हजार प्राफेसनल एकाउन्टेन्ट आबद्ध छन् भने १७८ देशका पाँच लाख विद्यार्थी छन् । नेपालमा एसीसीएमा करीब तीन हजार विद्यार्थी छन् ।