पार्टी महासचिवमा दाबी स्वभाविक : पुन

पार्टी महासचिवमा दाबी स्वभाविक : पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । झन्डै चार महिना लामो उपचारपछि चीनबाट हिजाे सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएकाहुन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ ।

स्वदेश फर्किए माओवादी नेता पुन
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो समय विदेशमा स्वास्थ्योपचार गरी स्वदेश फर्केका छन् । हिजाे सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।

हिमालयन एयरलाइन्सको कार्गो विमान स्वदेश फर्किएका पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पुन सँगै उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती पनि फर्किएकी छन् ।

बैंकक र चीनमा उपचारको करिब चार महिनाको उपचारपछि नेता पुन स्वदेश फिर्ता भएका हुन् । र छोरी शीला फर्किएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् । नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।