राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत मतदान जारी : आजै मत परिणाम आउने

राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत मतदान जारी : आजै मत परिणाम आउने



काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि अहिले मतदान भइरहेको छ । निर्वाचन अन्तर्गत आज विहान ९ बजेदेखि सातै प्रदेशका मतदान केन्द्रमा मतदान शुरु भएको हाम्रा समाचारदाताहरुले जनाएका छन् । मतदान आज अपरान्ह ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ को विराटनगरमा, मधेश प्रदेशको जनकपुरमा, बागमती प्रदेशको हेटौडामा, गण्डकीको पोखरामा, लुम्विनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदुरपश्चिम प्रदेशको दिपायलस्थित मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।