निर्वाचन समयमै हुन्छ, एमालेले भ्रम फैलायोः प्रवक्ता नेपाल सरकार

निर्वाचन समयमै हुन्छ, एमालेले भ्रम फैलायोः प्रवक्ता नेपाल सरकार



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको र संविधान बमोजिम समयमै निर्वाचन हुने बताएका छन् ।

सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकारले आन्तरिक छलफल गरिरहेको बताए ।

मन्त्री कार्कीले संविधानमा रहेको व्यवस्था प्रतिकूल भएका ऐन संशोधन गरी एकरुपता ल्याउन कानुनविदहरुले सुझाब दिएको र सरकारले यसबारेमा छलफल गरिरहेको र उपयुक्त समयमा निर्णय लिइने बताए । उनले निर्वाचनजस्तो राष्ट्रिय विषयलाई प्रमुख प्रतिपक्षी दलले राजनीतिका लागि यो विषयमा जनतालाई भ्रममा पारिरहेको आरोप समेत लगाए ।