मेरिल्यान्ड संसदमा नेपाली चाड बडादशैं विधेयक दर्ता

मेरिल्यान्ड संसदमा नेपाली चाड बडादशैं विधेयक दर्ता



मेरिल्यान्ड । मेरिल्यान्डको संसदमा नेपाली चाड बडादशैं विधेयक औपचारिक रुपमा दर्ता भएको छ । नेपाली मुलका राज्य सांसद हेरी भण्डारीले उक्त विधेयक संसदमा दर्ता गराएका हुन् । नेपालबाट परापूर्वक कालदेखि सुरु भइ धेरैजसो दक्षिण एसियाली देशहरू र उनीहरूको डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताका लागि संसदमा प्रस्तुत गरेको भण्डारीले बताएका छन् ।

सांसद भण्डारीका अनुसार विधेयकको प्रस्तावनामै ‘बसुधैव कुटूम्बकम’को भावनाबाट अभिप्रेरित यो चाड असत्यमाथि सत्यको जीत हुँदा उत्सवका रूपमा मनाइने विधेयकमा उल्लेख छ । हरेक वर्ष अक्टोबर ५ लाई दशै दिवशका रूपमा मान्यता दिइयोस् भनेर प्रस्तुत गरिएको यो विधेयक अब कानून बन्ने विधायिकी प्रक्रियामा प्रवेश गरेको छ भण्डारीले भनाइ छ ।

विधेयक दर्तापछि भण्डारीले भने– ‘यो विधेयकलाई ऐन बनाउने तार्किक निस्कर्षमा पुर्याउन सहज छैन तर असम्भव पनि छैन । सपना देखिएको छ र प्रयास भएको छ, प्रयत्न जारी रहने छ।’ ‘विविधता नै सुन्दरता मानिने यो देशले कुनै दिन दशैंले अवश्य पनि मान्यता पाउँने नै छ ।

यस अभियानको प्रारम्भकर्ता भएकाले यसलाई तार्किक निस्कर्षमा पुर्याउन मेरो प्रयत्न सदैव रहनेछ, भण्डारीले भने, ‘संसदमा यो कसरी अगाडि बढ्छ, त्यसका बारेमा समय समयमा जानकारी उपलव्ध गराउने नै छु ।’