आफ्नो ब्राबारे बोल्दा विवादमा तानिइन् श्वेता तिवारी

आफ्नो ब्राबारे बोल्दा विवादमा तानिइन् श्वेता तिवारी



भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए । कार्यक्रममा श्वेताले आफ्नो ब्राको बारेमा बोलेकी थिइन् ।

‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ’, उनले भनेकी थिइन् । यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रालाई भगवानसँग जोडेको भन्दै उनको ट्रोल बनाउने क्रम सुरु भएको छ । श्वेताले कुन सन्दर्भमा यो कुरा बोलेकी हुन् भन्ने केही खुल्न सकेको छैन ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भोपालको प्रहरी प्रमुख मकरन्द देवस्कारलाई यो मामलामा रिपोर्ट बुझाउन भनेका छन् । श्वेता तिवारी पछिल्लो केही वर्षयता निरन्तर विवादमा तानिएकी छन् । उनको विवाद वैवाहिक जीवन आसपास नै छ । उनीमाथि पूर्वपति अभिनव कोहलीले केप टाउनमा खतरोंके खेलाडी ११ को सुटिङमा बिरामी छोरालाई छोडेर गएको आरोप लगाएपछि श्वेता विवादमा तानिएकी थिइन् ।