आगामी निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

आगामी निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । आगामी निर्वाचनका विषयमा छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्था र निर्वाचन कानून अनुसार वैशाखमै गर्ने वा गठबन्धनको अनुकूल हुनेगरी सार्ने भन्ने निर्णय हुनेछ ।

निर्वाचन कानून नै संशोधन गरेर वैशाखको निर्वाचन सार्ने रणनीतिमा रहेको गठबन्धनको सर्वत्र आलोचना भइरहेका बेला बैठक बोलाइएको हो। प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवाले हिजो मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।