एमाले जनसंगठन समन्वय संयन्त्रकाे बैठक आज

एमाले जनसंगठन समन्वय संयन्त्रकाे बैठक आज



काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसाे बस्ने भएको छ। भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसाे ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएकाे थियाे । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वकाे संयन्त्रकाे बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ । यसअघिकाे बैठकले फागुन मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।