आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गरौं : भट्टराई

आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गरौं : भट्टराई



काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्छन्– ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं ।

सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमन विरोधी गठबन्धन नटुटोस् । एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै उनले सामाजिक संजालमा लेखेका छन् ।