नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह



काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा समीरजंग शाह नियुक्त गरिएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । रेडियो नेपालमा कार्यरत शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् । लामो समयदेखि उक्त पद खाली थियो ।

दंगाल सचिवमा बढुवा
सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका अर्थ मन्त्रालयका सहसचिव दंगाललाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।