कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि, स्थानीय निर्वाचनबारे छलफल हुने

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि, स्थानीय निर्वाचनबारे छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा स्थानीय निर्वाचन र पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाका बारेमा छलफल भएको छ । स्थानीय निर्वाचनमा पार्टीलाई कसरी सशक्त रुपमा प्रस्तुत हुने, कसलाई कसरी परिचालन गर्नेबारेमा छलफल भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाका बारेमा छलफल हुनका साथै भ्रातृ र शुभेच्छुक संगठनलाई कसरी गति दिने अथवा पूर्णता दिने विषयमा छलफल भएको प्रवक्ता डा. महतले बताए ।

भोलि बस्ने कार्य सम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बसेको हो । पदाधिकारीबीच भएको उक्त छलफल पार्टी सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिएको थियो । सभापति देउवाको कुरा पनि पदाधिकारीले सुनेका थिए । भोलि बस्ने कार्य सम्पादन समितिको बैठकले पदाधिकारीबीच भएको छलफललाई निष्कर्षमा पु-याउने छ ।