स्थानीय तह निर्वाचनमा यस्तो छ राप्रपा रणनीति

स्थानीय तह निर्वाचनमा यस्तो छ राप्रपा रणनीति



काठमाडौं । बैठकमा राप्रपा महामन्त्री एवं निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तह निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए ।

राप्रपाले पार्टी संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायत निर्णय गरेको छ ।

राप्रपाले फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ । यस्तै फागुन मसान्तभित्र स्थानीय तह  निर्वाचनका उम्मेद्वारको टुंगो लगाइसक्ने जनाएको छ । यस्तै राप्रपाले देशव्यापी पार्टी प्रवेश कार्यक्रम र कोणसभा सञ्चालन गर्ने जनाएको छ ।