एमसीसीबारे संसदमा छलफल गर्नुपर्छः कांग्रेस प्रवक्ता महत

एमसीसीबारे संसदमा छलफल गर्नुपर्छः कांग्रेस प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसदमा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।

परियोजनामा त्रुटि भए संसदबाटै जनतालाई बुझाउनुपर्ने उनले बताए । सभामुखले एमसीसीसम्बन्धी प्रस्ताव बहाना नबनाइ अघि बढाउनुपर्नेमा उनले जोड दिए । एमसीसीबारे अनर्गल प्रचार गरेर भ्रम छर्ने काम भएको उनको भनाइ छ ।

‘सत्यको मुख बन्द भयो भने झुटोको मुख चल्छ । एमसीसीबारे त्यस्तै भएको छ । अब, एमसीसीबारे वहस गर्नुपर्ने ठाउँमा हुन सकेको छैन । झुटो प्रचारले जनतामा भ्रम छरिएको छ,’ उनले भने ।