हृदयश त्रिपाठीद्वारा नयाँ दल दर्ताका लागि निवेदन, यी हुन् पदाधिकारी

हृदयश त्रिपाठीद्वारा नयाँ दल दर्ताका लागि निवेदन, यी हुन् पदाधिकारी



काठमाडौं । सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् । उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाच आयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवदेन दिएका छन् ।

उक्त पार्टीका महासचिव ईश्वरदयाल मिश्रका अनुसार पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएका छन् । ३० सदस्यीय कार्यसमितिमा रहेका १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने उनको भनाइ छ ।

जनता प्रगतिशील पार्टीको वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव र तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् । महासचिवमा मिश्रका साथै डा.भरतकुमार थापा रहेका छन् ।