वर्षासँग माया लाउँदै पल शाह ( भिडियो )

वर्षासँग माया लाउँदै पल शाह ( भिडियो )



काठमाडौँ । ‘भ्यालेन्टाइन डे’ को कोसेली स्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ( अविरल ) ले आफ्नो बिल्कुलै नयाँ साँगीतिक सौगात ‘माया लाईदेउन’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछाने ( अविरल ) को सुमधुर स्वर सुन्न सकिन्छ। स्वयम् गायक लामिछाने शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द र संगीत संयोजन गरेका हुन्।

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। म्युजिक भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन्। पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो