यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन्

यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन्



न्युयोर्क। तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन् । र, अहिले प्रमाण फेला परेको छ ।

यो जोडीले छात्रको घर, कक्षा कोठालगायत अन्य स्थानमा बारम्बार यौन सम्पर्क गरेको थियो । केटालाई भेट्न ओक्लाहोमाबाट ६५० माईल पूरा गरे मिसिसिपीसम्म पुग्दा जेनिफर पक्राउ परेकी थिइन् । बलात्कार, बच्चालाई प्रलोभन र जबरजस्ती यौनसम्बन्धी कसूरमा उनलाई अदालतले दोषी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो । सो अपराधका लागि १० लाख डलर क्षतिपूर्ति दिन अदालतले थप आदेश दिएको छ । छात्र र उसको बुबाले जेनिफर र स्कूलबिरूद्ध दायर गरेको मुद्दाको फैसला गर्दै एक संघीय न्यायाधीशले पूर्व शिक्षकले छात्रको परिवारलाई १० लाख डलर रकम तिर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रबिन जे काउथ्रोननले भने, ‘एउटी शिक्षिकाले आफ्नो विश्वास र अधिकार दुरुपयोग गरी एक युवकलाई यौन उल्लंघन गरिन, जसका कारण युवकले बाँकी जीवनमा मुठभेडको भावनात्मक असर सामना गर्नेछन । ’छात्रले उदासीनता, एक्लोपन, र  घटनाहरूका लागि आत्मग्लानी अनुभूति गरेको पनि न्यायाधीशले बताएका छन् । 

बालकलाई भविष्यमा महिलाको साथीलाई स्वीकार गर्न र महिला अधिकारीहरूलाई विश्वास गर्न समस्या हुने मानसिक स्वास्थ्य व्यावसायीले अनुमान गरेको पनि फैसालमा उल्लेख छ । यसैबीच, जेनिफरसँग रकम नभएकोले पीडितका परिबारले पैसा नलिन सक्ने छात्रका वकिल बब वायटले बताएका छन् ।