विश्वकप ग्लोबल छनोट ‘ए’ टी–२० मा नेपालले आज फिलिपिन्ससँग खेल्दै

विश्वकप ग्लोबल छनोट ‘ए’ टी–२० मा नेपालले आज फिलिपिन्ससँग खेल्दै



काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ । छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । छनोटको समूह बी मा रहेको नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहनेछ ।

छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । उता पहिलो खेलमा पराजित फिलिपिन्स आज पहिलो जितको खोजिमा हुनेछ । अल अमेरात क्रिकेट मैदानमा खेल बिहान पौने १२ बजे शुरू हुनेछ।