कुशलको शतक, फिलिपिन्सविरुद्ध नेपाल बलियो स्थितिमा

कुशलको शतक, फिलिपिन्सविरुद्ध नेपाल बलियो स्थितिमा



काठमाडौं । युवा क्रिकेटर कुशल भुर्तेलले टी–२० क्रिकेटमा करियरको पहिलो शतक बनाएका छन् । कुशलले आइसीसी टी– २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध शतक हिर्काएका हुन् ।

निर्धारित २० ओभरमा नेपालले २ सय १८ रन बनायो । ओपनर ब्याट्सम्यान आसिफ सेख शुन्य रनमै आउट भए पनि अर्को ब्याट्सम्यान कुशल भुर्तेलले ६१ बलको सामना गर्दै १ सय ४ रन बनाए । उनले १ छक्का र १३ चौका प्रहार गरेका थिए ।

यसैगरी कुशल मल्ल १२ रन बनाएर आउट भए । त्यसपछि आएका दिपेन्द्र ऐरीले विस्फोटक ब्याटिङ गर्दै ४७ बलमा ८३ रन जोडेपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको थियो । ऐरीले ४ छक्का र ६ चौका प्रहार गरेका थिए ।

नेपालको ओपनरका रुपमा आएका कुशलले ३२ बलमा अर्धशतक बनाएका थिए भने ५७ बलमा शतक बनाए । जमसा उनले १३ चौका र एक छक्का प्रहार गरे । कुशल टी–२० आईमा नेपालका लागि शतक बनाउने तेस्रो खेलाडी बनेका छन । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए ।

पारसले सिंगापुरविरुद्ध २०१९ मा १०६ रनको पारी खेलेका थिए भने मल्लले २०१९ मा कीर्तिपुरमा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए । नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो ।

शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ । प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।