फिलिपिन्सविरुद्ध नेपालको सानदार जीत

फिलिपिन्सविरुद्ध नेपालको सानदार जीत



काठमाडौं । विश्वकप छनोट टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल दोस्रो खेलमा पनि विजयी भएको छ । दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेकाे हाे । नेपालले दिएको २ सय १९ रनको लक्ष्य फिलिपिन्सले ८२ रन बनाउँदा ओभर सकियो । उसले ८ विकेट गुमाएर ८२ रन जोडेको हो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले ओपनर ब्याट्सम्यान कपिल कुमार, हेरी टेलर र रिचर्ड गुडविथको विकट लिएका हुन् । यसैगरी गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ सय १८ रन जोडेको थियो । ओपनर ब्याट्सम्यान आसिफ सेख शुन्य रनमै आउट भए पनि अर्को ब्याट्सम्यान कुशल भुर्तेलले ६१ बलको सामना गर्दै १ सय ४ रन बनाए । उनले १ छक्का र १३ चौका प्रहार गरेका थिए ।

यसैगरी कुशल मल्ल १२ रन बनाएर आउट भए । त्यसपछि आएका दिपेन्द्र ऐरीले विस्फोटक ब्याटिङ गर्दै ४७ बलमा ८३ रन जोडेपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको थियो । ऐरीले ४ छक्का र ६ चौका प्रहार गरेका थिए ।