रेष्टुरेन्टमा बन्धक बनाइएका तीन किशोरीको उद्धार

रेष्टुरेन्टमा बन्धक बनाइएका तीन किशोरीको उद्धार



धनगढी । कैलालीको धनगढीस्थित रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन किशोरीको उद्धार गरिएकाे छ । धनगढीकाे मुख्यबजारमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन महिनादेखि बन्धक बनाएका ती  किशोरीहरूको साेमबार उद्धार भएकाे हाे ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनीहरूलाई तीन महिनादेखि बन्धक बनाएर राखेको सूचना पाएपछि छनबिन सुरु गरेको बताए । उनका अनुसार काम गराउने भनेर तीन महिनाअघि रेष्टुरेन्टमा राखिएका किशोरीलाई काम मात्रै गराउने तर तलब नदिने र बाहिर निस्कन पनि नदिएको गरेको गुनासोपछि छानबिनन गरिएको हो ।

किशोरीहरूलाई बन्धक बनाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको छ । रेष्टुरेन्टमा युवतीहरूलाई बन्धक बनाएको भन्ने उजुरी मानव अधिकारसम्बन्धी संस्थाले दिएको प्रवक्ता जोशीले बताए । किशोरीहरूले यौनशोषण भने नभएको बताएका छन् ।