युक्रेनमा फौज पठाउन पुटिनले दिएको आदेश रुसी सदनबाट अनुमोदन

युक्रेनमा फौज पठाउन पुटिनले दिएको आदेश रुसी सदनबाट अनुमोदन



मस्को । रसियाको माथिल्लो सदनले युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति दिएको छ । यसअघि राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएका थिए ।

१५३ जना रुसी सिनेटरले पुटिनको आदेशलाई समर्थन गरेका थिए । उनको आदेशविरुद्ध कसैले पनि मतदान नगरेको प्राप्त विवरणहरुमा जनाइएको छ । त्यसअघि पुटिनले पूर्वी युक्रेनमा बिखन्डनकारीको दबदबा रहेको क्षेत्रमा रुसी सेना पठाउन रुसको माथिल्लो सदन फेडरेसन काउन्सिलसँग अनुमति मागेका थिए ।

युक्रेन हिंसा र रक्तपातको पक्षमा रहेकोले उसँगको वार्ता रोकिएको रुसको दाबी छ । ‘छलफल रोकिएका छन् । युक्रेनी नेतृत्वले हिंसा र रक्तपातको मार्ग लिएको छ,’ फेडरेस काउन्सिलको बैठकमा उपरक्षामन्त्री निकोले पानकोभले भने । ‘उनीहरुले हामीलाई एउटा पनि छनौट छोडेनन,’ उनले थपे ।