कलाकार जयनन्द लामाको निधनले राष्ट्रपति र प्रधानमन्त्री दुखित्

कलाकार जयनन्द लामाको निधनले राष्ट्रपति र प्रधानमन्त्री दुखित्



काठमाडौं । लोक कलाकार जयनन्द लामाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

आधारिक ट्वीटर ह्याडलमार्फत कलाकार लामाको निधनमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

यसैगरी प्रधानमन्त्री देउवाले भनेका छन्, ‘कलाकार एवम् लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गीत संगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’