७५ केजी लागूऔषधसहित भारतीय नागरिक पक्राउ

७५ केजी लागूऔषधसहित भारतीय नागरिक पक्राउ



बारा । बाराको सिम्रौनगढ नगरपालिका–२ महुवाहीबाट करिब ७५ केजी अवैध लागूऔषध सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतियारीग्राम पिपरा बस्ने ४० वर्षीय हिरदेश गिरी रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । पाँच वटा जुटको बोरा बोकी नेपालबाट भारततर्फ जाँदै गरेका ७÷८ जना व्यक्तिहरू तथा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल बिओपी गोलागञ्जबाट खटिएको संयुक्त गस्ती टोलीबीच जम्काभेट हुँदा उनीहरुले प्रहरीलाई लक्षित गरी फायरिङ गरेका थिए । प्रहरीले आत्मसुरक्षाका लागि जवाफी फायर गर्दा घाइते भएका १ जना पुरुषलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये गिरीलाई उक्त परिमाणको लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।