प्रिमियर लिग फूटबलमा साउथह्याम्टन विजयी

प्रिमियर लिग फूटबलमा साउथह्याम्टन विजयी



लन्डन । इंग्लिस प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी भएको छ । प्रिमियर लिग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा साउथह्याम्टनले नर्विच सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान सेन्ट मेरी रंगशालामा ची एडम्सको गोलबाट साउथह्याम्टनले अग्रता लिएको थियो ।

त्यसपछि ८८औं मिनेटमा ओरिओल रोमेउले गोल थप्दै साउथह्याम्टनको अग्रता दोब्बर पारेका थिए । जितसँगै २६ खेलबाट ३५ अंक जोड्दै साउथह्याम्टन नवौं स्थानमा उक्लिएको छ । नर्विच तालिकाको पुछारमा रहेको टोली हो ।