अञ्जन झापा एफसीका मार्की खेलाडी

अञ्जन झापा एफसीका मार्की खेलाडी



काठमाडौं । झापा एफसीले यस सिजनको नेपाल सुपर लिग(एनएसएल) का लागि नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुने सुपर लिगका लागि आयोजकले यसअघि नै २२ खेलाडीको सूची निकालेको थियो ।

अञ्जनले अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीका मार्की र कप्तानी गरेका थिए । केही दिनअघि मात्र चितनव एफसीले अनन्त तामाङ र ललितपुर एफसीले विमल घर्तीमगरलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिसकेको छ ।

यसअघि आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपेको छ । गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।