अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कोलोराडोमा बृहत अन्तरकृया सहित महिला सम्मान कार्यक्रम हुदै

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कोलोराडोमा बृहत अन्तरकृया सहित महिला सम्मान कार्यक्रम हुदै



नातिबाबु भट्ट
कोलोराडो, अमेरीका

एनआरएन कोलोराडो च्याप्टरको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कोलोराडोमा बृहत अन्तरकृया तथा महिला सम्मान कार्यक्रम हुने भएको छ ।
एनआरएन एनसीसी अमेरीकाका पदाधिकारीहरु, कोलोराडोमा रहेका सबै संघ संस्थाका पदाधिकारी, महिला , बुद्धीजिवी, सामाजिक अभियान्ता, कोलोराडोमा रहेका केही शहरका मेहरहरु, संचारकर्मि तथा सर्बसाधारणको उपस्थितीमा कार्यक्रम हुन लागेको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले बताएका छन् । कार्यक्रम ब्रुमफिल स्थित मिनाज् रेष्टुरेन्ट तथा ईभेन्ट सेन्टरमा यहि मार्च ५ तारिक बिहान ११ बजे देखी दिउसो २.३० बजेसम्म संचालन हुने जनाईएको छ ।
कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न च्याप्टरले ११ सदस्सिय प्रोग्राम कमिटी गठन गरेको थियो । सोही कमिटीले समाजमा रहेर बिभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएका ५ जना महिलाहरु सम्मानको लागी छनौट गर्ने, कार्यक्रमको ढाचा तयार पार्ने , श्रोत जुटाउने तथा प्रचार प्रसार गर्ने जस्ता कामहरु गरीरहेको बताईएको छ ।
कार्यक्रममा बुना दाहाल र साबु गदालले नारी दिवसको महत्व र आवश्यकता बारेमा प्रष्ट्याउने छन् । त्यसैगरी कार्यक्रममा एनआरएन एनसीसी अमेरीकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्थ, उपाध्यक्ष गोपेन्द्र भट्टराई , महिला उपाध्यक्ष दिक्षा बस्नेत लगाएतका पदाधिकारी सहभागी हुने पक्का भई सकेको च्याप्टर अध्यक्ष पन्तले बताएका छन् ।
उनले कार्यक्रममा सहभागी हुन कोलोराडोमा रहेका सबै संघ संस्थाका पदाधिकारी बुद्धीजिवी, समाजसेवी सबैलाई पत्राचार गरिसकिएको र यदि कुनै कारणबस पत्र प्राप्त नभएको भएपनि यसैलाई आधार मानि कार्यक्रममा सहभागी भई सफलाताका साथ सम्पन्न गर्न सहगोग पु¥याई दिन सबैलाई अनुरोध गरेका छन् ।
महिला माथी हुने अत्याचार, शोषण, दमन, हिंसा जस्ता लैंगिक बिभेद र अमानबिय ब्याबहार अन्त्य गरी लैंगिक समानता कायमगर्न, असमानता घटाउन, न्यायमा समान पहुंच र महिलाहरुको आर्थिक, सामाजिक तथा ब्याबस्थापकिय रुपान्तरणको आवाज उठाउदै हरेक बर्ष मार्च ८ का दिनलाई अन्तराष्ट्रिय नारी दिवसको रुपमा मनाउने गरिएको छ ।