महिला क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

महिला क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने



काठमाडौं । ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सुदूरश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब भिड्ने भएका छन् । आइतबार कीर्तिपुरस्थित टियु मैदानमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिमले फाइलनमा एपीएफसँगको भेट पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १२९ रनको विजयी लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९० रनमा मात्रै सिमित भयो । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक २३ रन बनाइन् । यस्तै, आश्मा पुलामी मगरले २२ र लक्ष्मी चौधरीले १० रन बनाए । सुदूरपश्चिमका कविता कुुँवर र सम्झना खड्काले समान दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२८ रनको योगफल तयार पार्‍याे।
सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक ४२ रन जोडेकी थिइन् । यस्तै, रितु कनोजियाले ३३, कविता जोशीले ३२ र कविता कुँवरले १० रन बनाइन् । लुम्बिनीकी नेरी थापाले तीन विकेट लिँदा कृतिका मरासिनी र मधु डिसीले समान एक विकेट लिए । चार खेलमा तीन जित र एक हार बेहोरेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमा जितविहीन लुम्बिनी पुछारमा छ । समान तीन खेलमै सतप्रतिशत अंक जोडेको एपीएफ क्लब शीर्ष स्थानमा छ ।