तनहुँ पुगेर अभिनेता पल शाहले गरे आत्मसमर्पण

तनहुँ पुगेर अभिनेता पल शाहले गरे आत्मसमर्पण



काठमाडौं। बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले प्रहरी कार्यालय तनहुँमा आफैँ पुगेर आत्मसमर्पण गरेका हुन्। जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।

शाहले प्रहरसामु आत्मसमर्पण गर्ने बताएका थिए। एक गायिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘तँ कुमार’ नामका व्यक्तिले उजुरी दर्ता गराएका थिए । त्यसयता उनी सम्पर्कविहीन थिए। आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए।

शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुने कानुनका जानकारहरु बताउँछन् ।

मतदान गर्न

बाँकी