वर्दिबासमा पहिलोपल्ट मेयरगोल्ड कप हुने

वर्दिबासमा पहिलोपल्ट मेयरगोल्ड कप हुने



महोत्तरी । बर्दिबास नगरपालिकाले प्रथम मेयर गोल्डकप प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरभित्रको लोकप्रिय खेल फुटवल प्रतियोगिता २५ फागुनदेखि सुरु हुने नगर खेलकुद विकास समितिले जनाएको छ । बर्दिवास नगरपालिकाको खेलकुद शाखा नगर खेलकुद विकास समितिले आयोजना गरेको यो नगर कै पहिलो खेल हो । मेयरगोल्डकप नामांकरण गरिएको यो फुटवल प्रतियोगीतामा अहिलेसम्म आठ जिल्लाका खेलाडीहरू सम्पर्कमा आएका छन् । अहिलेसम्म मकवानपुर, झापा, उदयपुर, बारा, धनुषा, सिरहा र सिन्धुली गरी आठ जिल्लाका खेलाडी सहभागी हुने निश्चित भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विष्णु बमजनले जानकारी दिए । आयोजक टिमको तर्फवाट खेलाडी छान्ने प्रक्रिया अगाडि बढिरहेको उनकाे भनाइ छ । प्रतियाेगिता सम्पन्न गर्न २० लाख खर्च हुने आयोजक पक्षले अनुमान गरेकाे छ ।