राज्यको हरेक क्षेत्रमा आफूहरूको प्रतिनिधित्व हुनुपर्ने पारालैंगिकको माग

राज्यको हरेक क्षेत्रमा आफूहरूको प्रतिनिधित्व हुनुपर्ने पारालैंगिकको माग



सप्तरी । सप्तरीका पारालैंगिकले राज्यको कुनै पनि क्षेत्रमा आफूहरूलाई प्रतिनिधित्व नगराएको आरोप लगाएका छन् । जिल्लाका सरोकारवालाहरूको दायित्व विषयक छलफल कार्यक्रममा उनीहरू सो आरोप लगाएका हुन् ।सहयोगी समाज सप्तरीद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष जय प्रकाश चौधरीले आफूहरूको समस्या समाधानका लागि आफूहरूकै नेतृत्व हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहयोगी समाजका कार्यक्रम संयोजक प्रदीप लामिछानेले कार्यक्रमका विषयमा वृहत रूपमा जानकारी गराएका थिए । कार्यक्रममा ईन्सेक प्रतिनिधि मनोहर पोखरेल, महिला मानवअधिकार रक्षक सप्तरीका अध्यक्ष अनीता देवकोटा, सगरमाथा अपाङ्ग संघ सप्तरीका अध्यक्ष बलदेम मण्डल, अधिवक्ता किरण साह, मनु खनाल लगायतले आ–आफ्ना मन्तव्रा
राखेका थिए