जेठकाे पहिलाे सातामै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा

जेठकाे पहिलाे सातामै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठको पहिलो साताभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्ने बताएका छन् । देउवालाई भेट्न बालुवाटार गएका नेपाली कांग्रेस बागमती प्रदेश समितिका पदाधिकारीहरूसँग सोमबार साँझ प्रधानमन्त्रीले जेठको पहिलो साताभित्र चुनाव गर्ने बताएको कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बाँनियाले जानकारी दिएका छन् ।

‘प्रधानमन्त्रीज्यूले ४ जेठमै एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने जानकारी दिँदै निर्वाचनकालागि तयार हुन निर्देशन दिनुभएको छ’- बाँनियाले भने ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ । सरकारले स्थानीय तहको निर्वाचनको मितिबारे आज निर्वाचन आयोगसँग छलफल गर्दैछ ।

देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पनि सहमतिमै संसदबाट अनुमोदन हुने बताएका छन् । ‘गठबन्धन टुट्दैन, एमसीसी पारित हुन्छ,’ भेटमा सहभागी अर्का एक नेताले भने ।