साेसल मिडिया वार: यी डाक्टर मध्ये कसको पीएचडी नक्कली ?

साेसल मिडिया वार: यी डाक्टर मध्ये कसको पीएचडी नक्कली ?



काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) लाई लिएर अहिले विभिन्न विचारहरु संप्रेषण भइरहेका छन् । यसैबीच पूर्वप्रधानमन्त्री एवम् जसपा नेता डा. बाबुराम भट्टराई र एमाले नेता डा. भीम रावलबीच एमसीसीकै विषयमा सामाजिक सञ्जालमा कडा जुहारी चलेको छ । यतिसम्मकी एमसीसीकैबारेमा बाेल्दा दुवैले एकअर्काकाे डाक्टर उपाधी नक्कली भन्दै आराेपप्रत्याराेप गरेका छन् । कसको पीएचडी नक्कली हाे त्याे त भट्टराई र रावललाईनै थाहा हाेला तर, आराेपप्रत्याराेपकाे सिलसिला भने यसरी अघि बढ्छ ।

हिजाे मात्रै एमाले नेता रावलले एमसीसीबारे स्मृति पत्र सार्वजनिक गर्दै भट्टराईले गोप्यरुपमा एमसीसी सम्झौता गरेको आरोप लगाएका थिए । त्यसलगत्तै भट्टराईले त्यसको जवाफ सामाजिक संजालमा यसरी फर्काएका थिए ।

‘यी कणले पीएचडी गरेको भनेर नाउको अगाडि ‘डा.’ पनि झुण्ड्याउँछन्,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत/मिति/स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको हो’ भने कहिले, कहाँ, कसरी खुलाउनुपर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

भट्टराईलेले रावललाई नक्कली विद्यावारिधिको पदवीवाला भएको अरोप लगाएपछि रावलले पनि त्यसको जवाफ यसरी फर्काएका छन् ।

‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसंग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु,’ रावलले भनेका छन्, त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्नसकिन्थ्यो तर जानकारीसम्म गराइएन । पीएचडी नक्कली सीमापारी हुने गरेको सधैँ चर्चा हुन्छ, त्रि.वि.वि. बाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’