एमालेले डाक्याे सचिवालय बैठक

एमालेले डाक्याे सचिवालय बैठक



काठमाडौं । आगामी जेठमा स्थानीय तहकाे निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको बैठक डाकेकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावकाे रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बाेलाइएकाे बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ । एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।