गठबन्धन कुनै पनि हालतमा टुट्दैन: माधव नेपाल

गठबन्धन कुनै पनि हालतमा टुट्दैन: माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताएका छन्।

विद्यार्थी संगठन अनेरास्ववियुले गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। आज मात्रै आफू, माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री देउवाबीच छलफल भएको उनले बताए। ‘पत्रपत्रिकामा आएका समाचारका बारेमा पनि हामीले छलफल गर्‍यौं। सत्यतथ्य के हो भनेर छलफल भयो। ती सबै मनगढन्ते कुरा हुन्,’ उनले भने, ‘हामीले गठबन्धनलाई कायम राखेर अघि बढ्ने भनेर प्रतिबद्धता व्यक्त गरेका छौं।’ यस्तै उनले जेठमा हुने स्थानीय तहको चुनावमा पनि गठबन्धनका साथ जाने बताए ।