आखिर के छ त एमसीसी सम्झौंतामा ? (पढ्नुहोस् पूर्णपाठ)

आखिर के छ त एमसीसी सम्झौंतामा ? (पढ्नुहोस् पूर्णपाठ)



काठमाडौं । नेपालले अमेरिकासँग चार वर्षअघि ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ सम्झौता गरेको थियो। २९ भदौ २०७४ मा तत्कालीन अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको वासिङ्टन डीसीमा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशसँग ५०० मिलियन डलर (करीब रु.५९ अर्ब) अनुदान सहायता लिने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चाले अहिले मुलुक तरङ्गित छ । एमसीसीको विरोध वा समर्थन गर्नेहरूमध्ये धेरैले सम्झौताको पूर्ण पाठ पढेका छैनन्। कतिपयले लहैलहैमा लागेर त कतिपयले हल्लाकै भरमा यसको विरोध गरिरहेका छन्। आखिर सम्झौतामा के छ त ?

पढ्नुहोस् पूर्णपाठः