दुई मन्त्री थपिँदै, प्रधानमन्त्रीको सचिवालय विस्तार आइतबारसम्म टुंगिने

दुई मन्त्री थपिँदै, प्रधानमन्त्रीको सचिवालय विस्तार आइतबारसम्म टुंगिने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन अघि दुई मन्त्रीसहित आफ्ना महत्वपूर्ण सहयोगीलाई नियुक्त गर्ने भएका छन् । रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री थपिने भएका हुन् । रक्षा मन्त्रीमा सुजाता कोइराला र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा उमेश श्रेष्ठलाई जिम्मेवारी दिइने तयारी रहेको बुझिएको छ । श्रेष्ठ अहिले बिना विभागीय राज्यमन्त्री हुन् ।

दुई मन्त्री नियुक्तिसहित प्रधानमन्त्री देउवाले स्थानीय तहको मिति तोक्नु अघि नै सचिवालय विस्तार गर्ने भएका छन् । यिनै नियुक्ति र एमसीसी विवादबारे सहमति खोज्न प्रधानमन्त्री देउवाले आज बिहीबारको मन्त्रिपरिषद् डाकेनन् ।