काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा आन्तरिक छलफल गरेका छन् ।
प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसालसँग छलफल गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्री देउवाले छलफलका लागि अपरान्ह बालुवाटार बोलाएका थिए ।
अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुनेछ । त्यसका लागि संसदभित्र र बाहिर माहोल बनाउन प्रधानमन्त्री देउवाले मन्त्रीहरु खाण, कार्की, बडू र सचेतक भुसाललाई निर्देशन दिएका हुन् ।
प्रतिक्रिया