प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु



प्यूठानको गौमुखी गाउँपालिकामा बेहुली लिएर फर्किएको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको नौबाहिनी गाउँपालिकाबाट लुङबाट गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप आज बिहान ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । यस्तै, दुर्घटनामा पाँच जना घाइते भएका छन् । जीपमा १३ जना सवार रहेका थिए । बेहुलाको घर नजिकै पुग्दा जिप दुर्घटना भएको थियो ।

जिप सडकबाट तीन सय मिटर तल खसेको हो । बाटोमा पहिरो खसेका कारण दुर्घटना भएको अनुमान गरीएको छ । घटनाबार थप विवरण आउन बाँकी छ ।