कांग्रेसले डाक्याे कार्यसम्पादन समितिको पहिलो बैठक

कांग्रेसले डाक्याे कार्यसम्पादन समितिको पहिलो बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आगामी माघ २७ गतेका लागि डाकेको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्क्षुक संस्थाहरु, र बाँकी जिल्ला अधिवेशनबारे छलफल हुनेछ । साथै कांग्रेसकाे अधिवेशन हुन बाँकी १६ जिल्लाका बिषय पनि छलफलको एजेन्डा रहेको पौडेलले बताए ।

उनले भने- ‘नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्‍ने भएको छ।’ कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो ।