‘स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मै हुन्छ’- मन्त्री कार्की

‘स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मै हुन्छ’- मन्त्री कार्की



काठमाडाै । स्थानीय तहको चुनाव २०७९ जेठ ४ मै हुने सरकारले स्पष्ट पारेको छ । पछिल्लो समय निर्वाचनको विषयमा विभिन्न टिका टिप्पणी भइरहेकाबेला सरकारको यस्तो धारणा आएको हो । भोलि बस्ने मन्त्रीपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छ’ मन्त्री कार्कीले भने ।

निर्वाचन आयोगले प्रस्ताव गरेकै मितिमा सरकारले चुनाव गराउने बताएका छन् । सरकारले मिति घोषणा नगरेपछि आलटाल गर्न खोजेको हो कि भन्ने शंका उत्पन्न भएको थियो । यता निर्वाचन आयोग भने आन्तरिक तयारीमा जुटेको छ ।

निर्वाचनको मिति घोषण हुन भन्दा पहिले गर्नुपर्ने कामहरू भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले भने ‘ मिति घोषणा हुनुभन्दा पहिलेसम्म नामावली संकलन गर्नुपर्ने कानुनी व्यवस्था सोही अनुसार ७७ वटै निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गरिरहेका छन् , हामीले मतपत्रको डिजाइनकालागि टेन्डर पनि आह्वान गरिसेका छौँ , अहिले मिति घोषणको पर्खाइमा छौँ । मिति घोषणापछि मतदाता नामावली संकलन रोकेर नाम अद्यावधिक गर्नुपर्ने हुन्छ ’ मिति घोषणामा ढिलाइ हुँदा आयोगलाई समयमै चुनावी प्रक्रिया अघि बढाउन चुनौती थपिएको उनले बताए ।

उनले भने ‘आयोगलाई कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्छ भनेका थियौ त्यो हुन सकेन, कम समय हुँदा सबै प्रक्रिया छिटो गर्नुपर्ने हुन्छ जस्तै हामीले मतपत्रकै टेन्डर कालागि पनि ३५ दिने सूचना जारी गर्नपर्छ त्यसपछि निर्वाचनकालागि खर्चको स्रोत जुटाउन पनि धेरै समय भए सबै सँग सल्लाह गर्न सकिन्थ्यो दातृ निकायहरूसँग पनि धेरै छलफल गर्न सकिन्थ्यो अव कम समयमा चाप बढ्ने नै भयो ’गएको मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो ।