कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त



काठमाडौं । नेपाली कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई पार्टी प्रवक्ता बनाएको छ। कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले कांग्रेस प्रवक्तामा प्रकाशशरण महतलाई नियुक्त गरिएको जानकारी दिएका हुन्। महतलाई सभापति देउवाले आज सोमबार पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन्।