मन्त्रिपरिषद् बस्दै, स्थानीय निर्वाचन मिति घोषणा हुने

मन्त्रिपरिषद् बस्दै, स्थानीय निर्वाचन मिति घोषणा हुने



काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज ३ बजे बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

हिजो आइतबार बसेको तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

निर्वाचन आयोगले आगामी २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।